गोदावरीको बास्कोटामा नमुना टोल सरसफाइ अभियान

अत्तरिया- एकीकृत फोहोरमैला व्यवस्थापनसम्बन्धी सचेतना तथा नमुना टोल सरसफाइ कार्यक्रम गोदावरी नगरपालिका वडा न. ४ को बास्कोटामासम्पन्न भएको छ। एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र कैलालीको आयोजनामा सम्पन्न कार्यक्रममा स्थानीय सरकार, सामुदायिक संघ–संस्था तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।

कार्यक्रम चाम्पियन ग्रुप बास्कोटा, गोदावरी नगरपालिका, बास्कोटा सामुदायिक वन, ज्वाला देवी युवा क्लब, नेपाल रेडक्रस सोसाइटी सहकार्यमा सम्पन्न भएको हो।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

कार्यक्रम सञ्चालन गर्दै एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्रबारे जानकारी गराएका केशब राज पन्तले घरायसी फोहोरलाई कुहिने र नकुहिने गरी वर्गीकरण गर्ने, पुनःप्रयोग र व्यवस्थापनका उपायबारे सहभागीलाई व्यवहारिक जानकारी दिएका थिए। फोहोर सही तरिकाले व्यवस्थापन गर्न सके वातावरण संरक्षणसँगै स्वास्थ्य जोखिम समेत घट्ने उनले बताए।

कार्यक्रममा वडा नं. ४ का वडा अध्यक्ष हेमप्रकाश मल्लले गाउँ–बस्तीलाई सफा, सुन्दर र स्वस्थ बनाउने जिम्मेवारी सबैको साझा भएको उल्लेख गरे। उनले फोहोरमैला व्यवस्थापन र नियमित सरसफाइमा लापरवाही गरेमा वडाबाट प्रदान हुने सेवासमेत रोक्का गरिने चेतावनी दिँदै सबैलाई जिम्मेवार बन्न आग्रह गरे।

कार्यक्रमका प्रमुख अतिथि पूर्व योजना आयोग सदस्य तथा पूर्व मानविय विजय कुँवरले बास्कोटा क्षेत्रको समग्र विकाससँगै फोहोरमैला व्यवस्थापनलाई प्राथमिकतामा राख्नुपर्ने बताए। गाउँघरमा कुहिने फोहोर मात्र नभई अजैविक तथा हानिकारक फोहोरको उचित व्यवस्थापन अत्यन्त आवश्यक रहेको उल्लेख गर्दै उनले पालिकाको सरसफाइ अभियानमा सबैले सक्रिय सहभागिता जनाउन आग्रह गरे। फोहोर व्यवस्थापनलाई दायित्व नभई संस्कारका रूपमा विकास गर्नुपर्नेमा उनको जोड थियो ।

Loading...