कैलालीमा बसको ठक्करबाट ८२ वर्षीया वृद्धाको मृत्यु

धनगढी- कैलालीको अत्तरिया क्षेत्रमा बसको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ। शनिवार साँझ गौरीगंगा नगरपालिका–२ झिलस्थित पूर्व–पश्चिम राजमार्गमा सुप प्र ०२–००१ ख १३७३ नम्बरको बसले पैदल हिँडिरहेकी जानकी गाउँपालिका–२ की ८२ वर्षीया तारा देवी पाठकलाई ठक्कर दिएको हो।

Ganyapdhura gau
Dadeldhura hospital

ठक्करबाट गम्भीर घाइते भएकी पाठकको उपचारका क्रममा धनगढीस्थित नवजीवन अस्पतालमा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ।

Navadurga sun
Godawari sandesh

महाकाली यातायातको उक्त बस कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ निवासी ३६ वर्षीय भोजराज भट्टले चलाइरहेका थिए।

Couple
Loading...