भादा गाउँमा पुष १७ गतेबाट थारु होमस्टे भादा महोत्सव हुने

धनगढी- कैलाली धनगढी उपमहानगरपालिका- १६ भादा गाउँमा आउँदो १७ गतेदेखि थारु होमस्टे भादा महोत्सव आयोजना हुने भएको छ । आगामी १७ गतेदेखि २१ गतेसम्म आयोजना हुने महोत्सवको तीव्र तयारी भइरहेको आयोजक थारु होमस्टे भादा महोत्सव मूल आयोजक समितिका संयोजक लक्ष्मीनारायण चौधरीले जानकारी दिए ।

Dadeldhura hospital

उनका अनुसार महोत्सवका लागि मूल आयोजक समिति, सल्लाहकार समिति र ९ वटा उपसमिति गठन गरिएको छ ।‘थारु जातिको परम्परा भेषभुषा, कला संस्कृति परिकार र पहिचानलाई पर्यटनमार्फत प्रचार प्रसार गर्न हामीले महोत्सवको आयोजना गर्न लागेका हौँ’ पत्रकार सम्मेलनमा उनले भने ‘थारु सामुदायिक होमस्टेलाई प्रचार प्रसार गर्ने पनि हाम्रो उद्देश्य हो । ’

Navadurga sun
Godawari sandesh

२०७६ पुस १७ गतेदेखि यहाँ यहाँका १७ घरबाट होमस्टे सुरु गरिएको थियो । अहिले उहाँका २० घरमा होमस्टे रहेको छ । महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहने , थारु परिकार, देउथान अवलोकन थारु संग्राहलय अवलोकन गर्न पाइने आयोजकले जानकारी दिएको छ । खुल्ला भलिबल प्रतियोगिता, फोटो हस्तकला र कृषि प्रदर्शनी समेत महोत्सवमा हुने जनाइएको छ ।

१ लाखले अवलोकन गर्ने अपेक्षा रहेको संयोजक चौधरीले जानकारी दिए । ‘१२ वर्षदेखि निरन्तर आयोजना भइरहेको महोत्सवले थारु गाउँ होमस्टेको देश विदेशमा राम्रो प्रचार भएको छ । विभिन्न क्षेत्रका व्यक्तिहरू यहाँ आइरहेका छन् ’ संयोजक चौधरीले भने, ‘ प्रत्येक दिन १५् २० जना आइरहेका छन् । कहिलेकाहीँ त ७६ जना सम्म पुग्नु भएको छ । हामी निकै उत्साहित छौँ । ’ कोरोना सङ्क्रमणमा ठप्प भएको होमस्टे अहिले फेरि फस्टाएको छ । महोत्सव निःशुल्क अवलोकनको गर्न पाइने आयोजकले जनाएको छ ।

Loading...