दशै तिहारका लागि चामलमा छुट : स्थानिय हर्षित




हरिश चन्द
डडेल्धुरा, १५ असोज– दशैँ तिहारको अवसर पारेर खाद्या ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड डडेल्धुरा गोदामले सहुलियतमा चामल बिक्री सुरु गरेको छ । असोज १ गतेदेखि कात्तिक २४ गते सम्मका लागि छुटमा चामल बिक्री हुनलागेको लिमिटेडक डडेल्धुरा गोदामले जनाएको छ । लिमिटेड डडेल्धुरा गोदामले सहुलियतमा चामल बिक्री सुरु गरेपछि स्थानिय हर्षित भएका हुन ।



४५ रुपैयाँ ५० पैसा पर्ने मोटो चामल ४० रुपैयाँ ५० पैसा प्रतिकिलोमा बिक्रि भईरहेको छ भने मनसुलि ६५ रुपैयाँ ५० पैसा प्रतिकेजी पर्ने चामल ६० रुपयाँ ५० पैसा मा बिक्री गरिनेछ । एक क्युन्टल मोटो चामल ४५ सय ५० पर्छ छुटदिदा प्रति क्युन्टल छुट दिदा ४हजार ५० मा बिक्री हुने गरेको छ । मनसुलिमा प्रति क्युन्टलमा ६ हजार ५० मा बिक्रि भईरहेको खाद्या ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड डडेल्धुरा गोदामका प्रमुख दान बहादुर निदालले जानकारी दिए ।


खाद्या ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड डडेल्धुरा गोदामले सहुलियतमा चामल बिक्री सुरु गरेपछि स्थानिय हर्षित भएका छन । सात वटा स्थानिय तहरहेको डडेल्धुरा जिल्लामा दुर्गम वस्तिावाट चामल किन्नेको भिड लाग्ने गरेको छ । गरिवको लागि लिमिटेडले छुट दिदा आफुहरु खुसि भएको स्थानियको भनाई रहेको छ ।
यी बाहेकका अन्य चामल नभएकाले बिक्री गर्न नसकिएको गोदामले जनाएको छ । यस अघि कोरोनाको प्रभाव बढेका बेला पनि संस्थाले सहुलियतमा चामल छुटमा बिक्री गरेको थियो । डडेल्धुरा सदरमुकाममा रहेको गोदाम संस्थानको कार्यालय, धनगढीमा रहेको डिपोबाट पनि सहुलियतको चामल बिक्री हुने लिमिटेडका जनाएको छ । चाडबाड लक्षित गरेर सरकारले देशभर सुपथ मुल्य पसल र सहुलियतको खाद्यान्न बितरण सुरु गरेको छ ।



