शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले एक महिनामा दुई लाख २७ हजार राजस्व संकलन

कञ्चनपुर- शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले चालू आर्थिक वर्षको कात्तिक महिनामा आन्तरिक तथा बाह्य गरी ५९८ पर्यटकबाट दुई लाख २७ हजार १२९ रूपैयाँ पर्यटन शुल्क संकलन गरेको छ। निकुञ्जले असोज महिनादेखि सफारी सेवा सञ्चालनमा ल्याए पनि पर्यटकको मुख्य आगमन कात्तिकदेखि सुरु भएको निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले जानकारी दिए।

Ganyapdhura gau

उनका अनुसार कात्तिक महिनामा २५० महिला र ३४८ पुरुषले निकुञ्ज क्षेत्र अवलोकन गरेका थिए।

Navadurga sun

गत आर्थिक वर्ष २०८१/०८२ मा भने तीन हजार ७२२ पर्यटकबाट निकुञ्जले कूल १९ लाख ५३ हजार ७७० रूपैयाँ राजस्व संकलन गरेको थियो। दुर्लभ वन्यजन्तु तथा वनस्पतिका कारण शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पछिल्ला वर्षमा पर्यटकहरूका लागि आकर्षणको केन्द्र बन्दै आएको छ।

Dadhaldhura pur

गत वर्षको पर्यटक आगमनमा वैशाख महिना सबैभन्दा बढी भीड देखिएको थियो। सो महिनामा ३२४ महिला र ४७६ पुरुष गरी ८०० पर्यटकले निकुञ्ज भ्रमण गएर तीन लाख रुपैयाँ राजस्व जम्मा भएको थियो।

यस्तै फागुन महिनामा २११ महिला र २४९ पुरुष गरी ४६० पर्यटकबाट दुई लाख २७ हजार ८१० रूपैयाँ संकलन भएको थियो। पुसमा २३६ पर्यटकबाट एक लाख ५० हजार ७०९ रूपैयाँ, कात्तिकमा ३२६ पर्यटकबाट एक लाख ६१ हजार ८१५ रूपैयाँ, मङ्सिरमा ३८९ पर्यटकबाट एक लाख ८७ हजार ६११ रूपैयाँ, माघमा २७१ पर्यटकबाट एक लाख ६१ हजार १०२ रूपैयाँ, चैतमा ५२० पर्यटकबाट तीन लाख ७९ हजार ७७० रूपैयाँ, जेठमा ४२३ पर्यटकबाट दुई लाख ८४ हजार २४८ रूपैयाँ र असारमा १११ पर्यटकबाट ९० हजार ७५२ रूपैयाँ राजस्व उठेको कार्यालयले जनाएको छ।

गत आर्थिक वर्षमा मात्रै सार्क तथा तृतीय मुलुकबाट एक हजार ६ सय महिला र दुई हजार पुरुषले निकुञ्ज क्षेत्र अवलोकन गरेको तथ्यांकले देखाउँछ।

निकुञ्जमा प्रवेशका लागि आन्तरिक पर्यटकलाई १०० रूपैयाँ, सार्क मुलुकका पर्यटकलाई ८०० रूपैयाँ र तृतीय मुलुकका पर्यटकलाई १५०० रूपैयाँ टिकट दर तोकिएको छ। साथै निकुञ्ज भित्र प्रयोग हुने सवारी साधनवापत पनि अतिरिक्त शुल्क लिइँदै आएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...