३४औँ अन्तर्राष्ट्रिय अपाङ्ग दिवस अवसरमा अत्तरियामा विविध कार्यक्रमसहित दिवस मनाइने

लक्ष्मी भट्ट/अत्तरिया- सुदूरपश्चिम समावेशी आधारभूत विद्यालयको प्राङ्गण, गोनपा–२ अत्तरिया कैलालीमा ३४औँ अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा नगरस्तरीय अपाङ्ग कार्य सञ्चालन सञ्जालले एक पत्रकार सम्मेलन आयोजना गर्दै विविध कार्यक्रमसहित दिवस मनाइने जानकारी दिएको छ ।

Ganyapdhura gau

नगरस्तरीय अपाङ्ग सञ्जालका अध्यक्षको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा अपाङ्ग एकता समाज कैलालीका जिल्ला अध्यक्ष अनिल कुमार मल्लले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि गोनपा–२ का वडा सदस्य डबल सिंह साउद, विशिष्ट अतिथि नेपाल अपाङ्ग संघका निवर्तमान अध्यक्ष मानबहादुर साउद तथा नेपाल अपाङ्ग संघकै केन्द्रीय सचिव नगेन्द्र प्रसाद जोशी उपस्थित रहेको थियो ।

Navadurga sun
Godawari sandesh
Dadhaldhura pur

दिवसको अवसरमा आयोजना गरिने कार्यक्रमहरूमा ह्विलचेयर दौड, हाजिरीजवाफ प्रतियोगिता, दीप प्रज्वलन, प्रभात फेरी, वृहत् सरसफाइ अभियान, औपचारिक मञ्च कार्यक्रम, नृत्य, सम्मान तथा पुरस्कार वितरण प्रमुख आकर्षण रहने बताइएको छ ।

पत्रकार सम्मेलनमा आयोजकहरूले सबै प्रतियोगितामूलक कार्यक्रम मंसिर १६ गते सम्पन्न हुने र केही औपचारिक कार्यक्रमहरू मंसिर १७ गते समापन हुने जानकारी दिए ।

वक्ताहरूले अपाङ्गता भएका व्यक्तिहरूले पनि अवसर र अनुकूल वातावरण पाएमा सपाङ्गसरि काम गर्न सक्ने क्षमता राख्ने तथ्यलाई विश्वव्यापी सन्देशका रूपमा अघि सार्न यस्ता कार्यक्रमहरू महत्वपूर्ण रहेको उल्लेख गरे । अपाङ्ग व्यक्तिहरूका क्षमता, समस्या र योगदानलाई उजागर गर्न तथा समाजमा सकारात्मक दृष्टिकोण विकास गर्न दिवसको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे ।

अन्त्यमा, आयोजकहरूले अपाङ्ग समुदायको आवाजलाई व्यापक रूपमा प्रसारण गर्न सहयोग गर्ने पत्रकारहरूप्रति आभार व्यक्त गर्दै, पत्रकारहरूले पनि उनीहरूको पीडा र वास्तविकताहरू समाजमा उजागर गर्न निरन्तर साथ आवश्यक रहेको समेत बताए ।

Couple
Loading...