दुर्गालक्ष्मी क्याम्पसको शैक्षिक मूल्यांकन: QAA टिमको उपस्थितिमा कार्यक्रम

लक्ष्मी भट्ट/अत्तरिया- काठमाडौँबाट आएको QAA (Quality Assurance and Accreditation) टिमले मंसिर ९ गतेदेखि १३ गतेसम्म दुर्गालक्ष्मी बहुमुखी क्याम्पसलाई QAA प्रमाणपत्र प्रदान गर्ने तयारीअन्तर्गत आज (मंगलबार) क्याम्पसस्थित हलमा भएको औपचारिक कार्यक्रममा सहभागिता जनाएका छन् ।

Navadurga sun
Godawari sandesh

कार्यक्रमको सभापतित्व क्याम्पस प्रमुख डा. नरेन्द्र बहादुर ऐरले गर्नुभएको थियो । प्रमुख अतिथिमा QAA निर्देशक प्रा. डा. तीर्थराज खनिया, विशिष्ट अतिथिमा QAA का प्रा. डा. रामजी खनाल उपस्थित हुनुहुन्थ्यो । कार्यक्रमका सहजीकरण सहायक क्याम्पस प्रमुख लोकबहादुर महराले गर्नुभएको थियो भने स्वागत मन्तव्य प्रा. पदम साउदले प्रस्तुत गर्नुभयो ।

सहजकर्ताको भूमिकामा रहेका प्रा. रामबहादुर मौनीले क्याम्पसको शैक्षिक प्रगति, उपलब्ध सुविधाहरू तथा भौतिक संरचनाबारे विस्तृत जानकारी दिनुभयो ।

Dadeldhura hospital

उनका अनुसार क्याम्पस २०६३ सालबाट निरन्तर प्रगति गर्दै आएको छ । हाल क्याम्पसमा करिब १ हजार ७ सय विद्यार्थी, ४२ जनशक्ति कार्यरत रहेको तथा मास्टर तहसम्म अध्ययन व्यवस्था उपलब्ध छ ।

आगामी योजनामा खेलकुदका लागि ग्राउन्ड निर्माण, थप कम्प्युटर तथा पुस्तक व्यवस्थापन र अन्य पूर्वाधार विस्तारका कार्यसमेत रहेको जानकारी दिइएको थियो ।

यसअघि QAA टिमका सदस्य रामजी गौतमले दुर्गालक्ष्मी बहुमुखी क्याम्पसले QAA प्राप्तिका लागि गरेको प्रयासप्रति खुशी व्यक्त गर्दै प्रमाणपत्र पाउने मात्र पर्याप्त नहुने, प्राप्त गुणस्तर अनुसार निरन्तर सुधार आवश्यक हुने टिप्पणी गरे । QAA प्राप्त गरेपछि पाँच वर्षपछि पुनः नवीकरण गर्नुपर्ने जानकारी समेत उनले दिए ।

प्रमुख अतिथि प्रा. डा. तीर्थराज खनियाले क्याम्पसको वर्तमान अवस्थाप्रति सन्तोष व्यक्त गर्दै, QAA प्रक्रियाको मुख्य उद्देश्य नै शैक्षिक गुणस्तर वृद्धि भएको बताउनुभयो। उनले नेपालमा पूर्ण सेमेस्टर प्रणाली अझै पूर्ण रूपमा लागू नहुँदा पनि पठन–पाठन र मूल्यांकन प्रणालीमा सुधार आवश्यक रहेको उल्लेख गर्दै, “सेमेस्टरमा दुईपटक परीक्षा लिनुले मात्रै सेमेस्टर हुँदैन; पठन–पाठनको स्तरमा गुणात्मक वृद्धि हुनुपर्छ,” भन्नुभयो।

उहाँले QAA प्रमाणपत्र प्राप्त भएपछि विश्वविद्यालय तथा संस्थाहरूको विश्वास बढ्ने, विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय रोजगारीको अवसर विस्तार गर्न सक्ने किसिमको शिक्षा विकास गर्नु आवश्यक रहेको पनि जोड दिनुभयो । QAA टिमका सदस्यहरू आगामी दुई–तीन दिन क्याम्पसमै बसेर थप मूल्यांकन गरेर आवश्यक निर्णय लिने जानकारी पनि उनले दिनुभयो ।

Loading...