कैलाली जिल्ला अदालतमा आगजनी गरेको आरोपमा तीन जना पक्राउ

धनगढी- गत २४ भदौमा भएको जेन्जी आन्दोलनका क्रममा कैलाली अदालतमा आगजनी गरेको आरोपमा तीन जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका– १ बाट तीन जनालाई पक्राउ गरिएको हो।

Dadeldhura hospital

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहका अनुसार धनगढी उपमहानगरपालिका– ३ बस्ने २४ वर्षीय आशिष भण्डारी, ३० वर्षीय अमन केसी र बैतडीको पुर्चाैडी घर भई हाल धनगढी– ३ बस्दै आएका २४ वर्षीय भरत बमलाई पक्राउ गरिएको हो।

Navadurga sun
Godawari sandesh

‘भदौ २४ गतेको आन्दोलनको क्रममा धनगढी उपमहानगरपालिका–१ स्थित जिल्ला अदालत परिसरभित्र रहेका सवारीसाधन, कार्यालय भवन, कार्यालय भवनभित्र रहेका विभिन्न मुद्दाका सक्कलै मिसिल, कम्प्युटर लगायत सूचना प्रविधिका उपकरणहरुमा आगजनी र तोडफोड भएको थियो। सोही आरोपमा प्रहरीले मङ्गलवार धनगढीबाट तीन जनालाई पक्राउ गरेको छ,’ डिएसपी सिंहले भने।

जिल्ला अदालतले घटनाको अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गर्दै प्रहरीमा जाहेरी दिएको थियो। सोही जाहेरीका आधारमा तीनै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

Loading...