विश्व पर्यटन दिवसको कार्यक्रममा भाग लिन १० देशका राजदूत पोखरामा

पोखरा, १० असाेज- भोलि हुने विश्व पर्यटन दिवसको कार्यक्रममा भाग लिन १० देशका राजदूतहरु आज पर्यटकीय नगरी पोखरामा पुगेका छन् । पोखरा एयरपोर्टमा आज विभिन्न १० देशका राजदूत, कुटनीतिक नियोगका उच्च पदस्थ प्रतिनिधि लगायत २५ सदस्यीय टोली एकै साथ पोखरा पुगेको हो ।

Dadeldhura hospital

उनिहरुलाई गण्डकी प्रदेश पर्यटन मन्त्रालयका सचिव ज्ञानेन्द्र पौडेल, कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, नेपाल पर्यटन बोर्डका केन्द्रीय सदस्य विप्लव पौडेल, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखराका प्रमुख काशीराज भण्डारी, पर्यटन सम्बद्ध विभिन्न संघसंस्थाका प्रतिनिधिले स्वागत गरेका थिए ।

Navadurga sun
Godawari sandesh

गण्डकी प्रदेश सरकारको पहलमा यसरी पोखरा पुग्नुभएका राजदूतहरुमा कतार, साउदी अरेयिबा, दुवई, दक्षिण कोरिया, थाइल्याण्ड, बंगालदेश, इजिप्ट, जर्मनी, मलेसिया लगायत देशका रहेका छन् ।

राजदूतहरु भोलि पोखरामा हुने विश्व पर्यटन दिवस विशेष कार्यक्रम सहभागि हुने कार्यक्रम रहेकाे छ । यो कार्यक्रमले अब पोखरा घुम्न खुला र सुरक्षित छ भन्ने सन्देश विश्वभर पुग्नेमा आफूहरु विश्वस्त रहेको पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले बताए ।

Loading...