धनगढी र टीकापुरबाट भन्सार छलि गरी ल्याइएका सामान बरामद

धनगढी- कैलालीको धनगढी र टीकापुरबाट अवैध रूपमा भारतबाट भन्सार छलि गरी ल्याइएका सामान बरामद गरिएको छ । धनगढी उप–महानगरपालिका–९ बङ्ग्राकटान र टिकापुर नगरपालिका–७ मोहना नदी किनार क्षेत्रबाट प्रहरीले सामान फेला पारेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलाली मातहत खटिएको गस्ती टोलीले बेवारिसे अवस्थामा रहेका तीन लाख १८ हजार मूल्य बराबरका सामानहरू नियन्त्रणमा लिएको जनाएको छ।

Navadurga sun

बरामद गरिएका वस्तुहरूमा सुर्ती, स्पिकर, मोबिल, फलामको रड र नट लगायत छन्। ती सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइने प्रहरीले जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...