सुदूरपश्चिम प्रदेशसभा छिट्टै सञ्चालन हुने

धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बुधवार बसेको सर्वदलीय बैठकले लामो समयदेखि रोकिएको प्रदेशसभा छिट्टै सञ्चालन गर्ने निर्णय गरेको छ ।

Ganyapdhura gau
Dadhaldhura pur

मुख्यमन्त्रीका प्रेस संयोजक डम्बर बमका अनुसार, जेनजी आन्दोलनपछि अवरुद्ध प्रदेशसभालाई शीघ्र सञ्चालन गर्ने सहमति बैठकबाट भएको हो ।

Navadurga sun

बैठकमा सभामुख भीम भण्डारी, एमाले संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावल, नागरिक उन्मुक्ति पार्टीका नेता घनश्याम चौधरी, नेपाली कांग्रेसका प्रमुख सचेतक विक्रमसिंह धामी, माओवादी केन्द्रका उपनेता अक्कलबहादुर रावल, राप्रपाका सदस्य खेमादेवी विष्ट र कांग्रेसका सदस्य पमदबहादुर शाही उपस्थित थिए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...