विपिन जोशीका परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारद्वारा दुई लाख रुपैयाँ सहयोग गर्ने

धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले विपिन जोशीका परिवारलाई पनि दुई लाख रूपैयाँ आर्थिक सहयोग गर्ने भएको छ ।

इजरायलमा हमासको आक्रमणबाट ज्यान गुमाएका कञ्चनपुरको भीमदत्त नगरपालिकाका  जोशीको परिवारलाई पनि प्रदेश सरकारले  मानविय सहायता स्वरुप दुई लाख रूपैयाँ सहयोग उपलब्ध गराउने जनाएको छ । 

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

मुख्यमन्त्री कमलबहादुर शाहले २३ असोज २०८० मा बसेको मन्त्रिपरिषदको बैठकले गरेको निर्णयअनुसार जोशीको परिवारलाई सहयोग गरिने बताए ।

सरकारले त्यो बेला जोशीसहित हमासको आक्रमणमा ज्यान गुमाएका अन्य विद्यार्थीका परिवारका सदस्यतलाई पनि जनही २/२ लाखका दरले आर्थिक सहयोग गर्ने निर्णय गरेको थियो ।

निर्णय बमोजिम प्रदेश सरकारले मृतक ७ जनाका परिवारलाई सहयोग बापतको चेक हस्तान्तरण गरेको थियो । तर  सो समयमा विपीन जोशीको अवस्था अज्ञात थियो । गत असोज २७ गते इजरायली अधिकारीहरुले उनको मृत्यु पुष्टि गरेका थिए ।

सन् २०२३ अक्टोबर ७ मा सुदूरपश्चिम विश्वविद्यालयबाट बीएसस्सी एग्रिकल्चर अध्ययन गरेर इजरायलमा “लर्न एन्ड अर्न“ अन्तर्गत ११ महिनाका लागि इन्टर्न गर्न गएका मध्ये १० जना नेपाली विद्यार्थीको इजरायलमा हमासको आक्रमणमा परि मृत्यु भएको थियो । साथै मुख्यमन्त्री शाहले स्वर्गीय विपिन जोशीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै उनको परिवारजनमा हार्दिक सवेदना व्यक्त गरेका छन् ।

Loading...