सल्यानमा स्क्रब टाइफसका कारण दुई जनाको मृत्यु, ६८ जिल्ला प्रभावित

काठमाडौँ- सल्यानमा स्क्रब टाइफसको संक्रमणका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बागचौर नगरपालिका–१ का गजेन्द्र केसी र दार्मा गाउँपालिका–३ की ४७ वर्षीया यनकुमारी खत्री रहेको स्वास्थ्य सेवा कार्यालय, सल्यानले जनाएको छ।

Ganyapdhura gau

दुवै जनालाई उच्च ज्वरो र जिउ दुख्ने समस्या देखिएपछि उपचारका क्रममा निधन भएको कार्यालयले जनाएको छ। औषधि सेवन गर्दा पनि ज्वरो नघटेपछि श्वासप्रश्वासमा समस्या भई अस्पताल पु¥याइएका उनीहरूको उपचारकै क्रममा मृत्यु भएको हो।

Navadurga sun
Godawari sandesh

स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका कीटजन्य शाखा प्रमुख डा. गोकर्ण दाहालका अनुसार स्क्रब टाइफस ओरिएन्सिया सुसुगामुसी नामक ब्याक्टेरियाबाट हुने रोग हो, जुन ‘चिगर माइट्स’ (एक प्रकारको कीरा) को टोकाइबाट सर्छ। यो रोग मानिसबाट मानिसमा भने सर्दैन।

Dadeldhura hospital

डा. दाहालका अनुसार समयमै उपचार नभए स्क्रब टाइफसले शरीरका विभिन्न अङ्गमा एकैपटक असर गरी मल्टीअर्गान फेलियर गराउन सक्छ। यद्यपि यसको उपचार सहज र निःशुल्क रूपमा उपलब्ध छ। सरकारले डक्सिसाइक्लिन र एजोथ्रोमाइसिन औषधि स्वास्थ्य चौकीसम्म उपलब्ध गराएको छ।

स्वास्थ्य विभागका तथ्याङ्कअनुसार पछिल्ला वर्षहरूमा नेपालमा स्क्रब टाइफसका संक्रमितको संख्या तीव्र रूपमा बढ्दै गएको छ। सन् २०२३ मा ८ हजार, सन् २०२४ मा १० हजार १७९ र सन् २०२५ को हालसम्म ६ हजार ५ सयभन्दा बढी संक्रमित रिपोर्ट भएका छन्।

हालसम्म नेपालका ६८ भन्दा बढी जिल्लामा यो रोग देखा परिरहेको छ। विशेष गरी दाङ, चितवन, सङ्खुवासभा, अछाम, पाल्पा, कैलाली, कञ्चनपुर, डोटी, रोल्पा, लमजुङ, तनहुँ लगायतका जिल्लामा संक्रमण बढी देखिएको स्वास्थ्य निकायले जनाएको छ।

विशेषज्ञहरूका अनुसार खेतीपाती, घाँसदाउरा वा झाडीमा काम गर्दा शरीर पूरै ढाक्ने कपडा लगाउने, कीटनाशक प्रयोग गर्ने र घर वरपरको फोहोर सफा राख्ने जस्ता सावधानी अपनाए स्क्रब टाइफसबाट बच्न सकिन्छ।

Loading...