धनगढी- कैलालीको गोदावरी नगरपालिकाको अतरियामा चक्कु प्रहारबाट एक युवक घाइते भएका छन् ।


आइतवार राति गाेदावरी नगरपालिका-४ मा रहेकाे शुभम हाेटलमा खाना खाइरहेका बेला डडेल्धुराकाे नवदुर्गा गाउँपालिका-२ का ३२ वर्षीय गाैरव ऐरमाथि चक्कु प्रहार भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहलका अनुसार गौरवले हाेटलमा खाना खाइरहेका बेला ४/५ जनाकाे समूहमा प्रवेश गरेकाे एक समूहले उनीमाथि चक्कु प्रहार गरेकाे बताए ।
कैलाली प्रहरी प्रवक्ता सिंहका अनुसार घाइते अवस्थाका ऐरलाई थप उपचारका लागि भारत पठाइएको छ । चक्कु प्रहार गर्नेहरूको पहिचान खुलिसकेकाले खाेजी भइरहेको प्रहरीले जनाएकाे छ ।
