कैलालीमा २८ वर्षीय युवकको घाँटी रेटी हत्या, दुई जना पक्राउ

भारतमा जेल बसेको तथ्य फेला

धनगढी-  कैलालीको घोडाघोडी नगरपालिका–८ जरैमा सुर्खेतका २८ वर्षीय केशरसिंह बुढाको घाँटी रेटी हत्या गरिएको छ ।

Ganyapdhura gau

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बुढाको हत्या स्थानीय १९ वर्षीय बलबहादुर बिक र १९ वर्षीय गङ्गा बुढा क्षेत्रीले गरेको खुलेको छ । दुबै अभियुक्तलाई सुखड प्रहरीले पक्राउ गरेको सूचना अधिकारी डिएसपी राजकुमार सिंहले जानकारी दिए ।

Navadurga sun

प्रहरीका अनुसार दुबै जना अभियुक्त हत्या गरिएको युवकको टाउको बोकेर प्रहरी कार्यालयतर्फ आउँदै गर्दा पक्राउ परेका थिए । प्रारम्भिक अनुसन्धानअनुसार मदिरा सेवनपछिको विवादकै क्रममा केशरसिंहको हत्या गरिएको हो ।

Dadhaldhura pur

मृतक बुढा हाल घोडाघोडीमै श्रीमती र सन्तानसँग बस्दै आएका थिए भने उनका आमाबुवा सुर्खेतको चौकुने गाउँपालिका–३ मा बसोबास गर्छन् ।

भारतमा जेल बसेको तथ्य फेला

प्रहरी अनुसन्धानले हत्या आरोपित बलबहादुर बिक विगतमा भारतको रत्नागिरीमा चक्कु प्रहार प्रकरणमा दुई वर्ष जेल सजाय भोगी पाँच महिना अघि नेपाल फर्किएको पत्ता लागेको छ ।

इलाका प्रहरी कार्यालय सुखडका प्रमुख डिएसपी रमेश अवस्थीका अनुसार अर्को अभियुक्त गङ्गा बुढा क्षेत्री पनि दसैँका लागि भारतबाट नेपाल फर्किएको बताइएको छ ।

प्रहरीका अनुसार हत्या भएको जरै गाउँ जङ्गल किनारमा केशरसिंह, बलबहादुर र गङ्गा बुढा क्षेत्रीबीच भेटघाट भएको थियो । तिनै जनाले सँगै मदिरा सेवन गरेपछि घर फर्कने क्रममा विवाद भएको थियो । विवाद चर्किएपछि दुबै जनाले मृतकलाई नालामा लडाउन पुगेका र त्यसपछि एक जना घर गएर धारिलो हतियार ल्याई घाँटी रेटी हत्या गरेको प्रहरीले जनाएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...