अत्तरिया- कैलालीको गोदावरी नगरपालिकाले अव्यवस्थित रूपमा प्रयोग भइरहेका छ वटा सवारी साधन फिर्ता गरेको छ ।






नगरपालिकाको जिन्सी शाखाका अनुसार वडा नम्बर १ र १२ का वडा कार्यालय, फोहोर व्यवस्थापन शाखा, स्वास्थ्य शाखा र प्रशासन शाखाबाट एक–एक थान मोटरसाइकल फिर्ता गरिएको हो। त्यस्तै, नगर मनोपरामर्शदाताले एक थान स्कुटर बुझाएका छन् ।





नगरपालिकाले असोज २० गते सबै वडा कार्यालय, मालाखेती अस्पताल, स्वास्थ्य सेवा केन्द्र तथा कृषि–पशुपन्छी उपचार केन्द्रहरूलाई पत्र पठाई तीन दिनभित्र अव्यवस्थित रूपमा प्रयोग भइरहेका दुई पाङ्ग्रे सवारी साधन फिर्ता गर्न निर्देशन दिएको थियो ।
निर्देशनपछि ती सवारी साधन फिर्ता लिइएका हुन्। नगरपालिकाले अब ती साधनहरूलाई व्यवस्थित रूपमा प्रयोगमा ल्याइने जनाएको छ ।




