अत्तरियामा साझा संगीतको म्यूजिक फेस्टिवल कन्सर्ट हुने

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका अत्तरियामा आउँदो असोज ३० गते साझा संगीतको आयोजनामा लाइभ म्यूजिक कन्सर्ट हुने भएको छ । कार्यक्रम अत्तरिया स्थित सृजनशिल युवा क्लब संगको सहकार्यमा क्लबको खुला मञ्चमा दिउँसो ३ बजे देखि राति ८ बजेसम्म सञ्चालन हुने भएको जनाइएको छ ।

Ganyapdhura gau
Dadhaldhura pur

तिहार पर्वलाई लक्षित गर्दै आयोजना हुने कन्सर्टमा आयोजक साझा संगीतको प्रस्तुति सहित अनन्त ब्यान्ड, धनगढीको सोच ब्यान्ड र अन्य स्थानीय कलाकारहरूको प्रस्तुति रहने जनाएको छ । 

Navadurga sun

साझा संगीतका सञ्चालक धिरज महराले कन्सर्टमा दर्शकका लागी नास्ताका स्टलहरु र सुरक्षाको विशेष व्यवस्था गरिएको साथै कार्यक्रमलाई सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रसारण गरिने जानकारी दिए ।

यस्तै यसअघि पनि दशैं–तिहारको अवसरमा सोही स्थानमा म्यूजिक कन्सर्ट सम्पन्न गरिसकेको साथै यसपटक अझ आकर्षक प्रस्तुति हुने महराले जानकारी दिए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...