दसैंमा सुदूरपश्चिम प्रदेशमा अपराध बढ्यो: ४९ मुद्दा दर्ता, ४८ जना पक्राउ

अत्तरिया- सुदूरपश्चिम प्रदेशमा दसैंको अवसरमा अपराधका घटनाहरु बढी देखिएका छन्। प्रदेश प्रहरी कार्यालय धनगढीका सूचना अधिकारी एवं डिएसपी निशान्त श्रीवास्तवका अनुसार, दशैं अवधिमा ४९ विभिन्न अपराधका मुद्दा दर्ता भएका छन् भने ४८ जना पक्राउ परेका छन्। अन्य दुई जना अझै फरार रहेका छन् । पक्राउ परेकामध्ये ४७ जना पुरुष र १ जना महिला रहेका छन्।

विवरणअनुसार, कर्तव्य ज्यान सम्बन्धि एक मुद्दा कैलालीमा दर्ता भएको थियो, जसमा १ पुरुष र १ महिला पक्राउ परेका छन्। ज्यान मार्ने उद्योग सम्बन्धि चार मुद्दा अछाम, बझाङ्ग, बाजुरा र डडेल्धुरामा दर्ता भएका थिए, जसमा १३ जना पुरुष पक्राउ परेका छन् भने १ फरार छ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

त्यस्तै, भवितव्य ज्यान (सवारी दुर्घटना) सम्बन्धि आठ मुद्दा कंञ्चनपुर, दार्चुला, बझाङ्ग र बाजुरामा दर्ता भएका छन्। फुटकर ज्यान सम्बन्धि चार मुद्दा अछाम, कैलाली र कंञ्चनपुरमा दर्ता भएका छन्। विष खाएर मृत्यु सम्बन्धि दुई मुद्दा कैलाली र कंञ्चनपुरमा दर्ता भए। झुण्डिएर मृत्युका १५ मुद्दा कैलाली, कंञ्चनपुर, बझाङ्ग र बैतडीमा दर्ता भएका छन्।

यसैगरी, जुवा र सट्टाबाजी सम्बन्धि दुई मुद्दा कैलाली र कंञ्चनपुरबाट दर्ता भएका छन्, जसमा १७ पुरुष पक्राउ परेका छन्। लागु औषधसम्बन्धि तीन मुद्दा कैलाली र दार्चुलामा दर्ता भएका छन्, जसमा ६ जना पुरुष पक्राउ परेका छन्। सार्वजनिक हित/स्वास्थ्य सम्बन्धि तीन मुद्दा कैलाली, डडेल्धुरा र अछाममा दर्ता भएका छन् र ६ पुरुष पक्राउ परेका छन्।

कैलालीमा एक जबरजस्ती करणी सम्बन्धि मुद्दा दर्ता भएको छ र एक पुरुष पक्राउ परेका छन्। सवारी ज्यान सम्बन्धि छ मुद्दा कैलाली, बैतडी, कंञ्चनपुर र डडेल्धुरामा दर्ता भएका छन्, जसमा ४ पुरुष पक्राउ परेका छन् भने एक फरार छन्।

डिएसपी श्रीवास्तवले भने, “दसैंमा धेरै मानिस घर छोडेर यात्रा गर्न जाने भएकाले अपराधिक घटनाहरु बढ्ने गर्दछ। प्रहरी कार्यालयले सुरक्षा व्यवस्थालाई थप कडा बनाएको छ।”

Loading...