गोदावरीमा ‘दलितका लागि दलित अभियान’ सम्पन्न, छुवाछुतविरुद्ध सशक्त आवाज

लक्ष्मी भट्ट/अत्तरिया- जातीय छुवाछुत, भेदभाव र सामाजिक अन्यायविरुद्धको सशक्त सन्देश दिँदै ‘दलितका लागि दलित अभियान’ अन्तर्गत गोदावरी नगरस्तरीय भेला सम्पन्न भएको छ।

Ganyapdhura gau

आज एक कार्यक्रम बिच गोदावरीस्थित प्रतिभा पुस्तकालयमा सम्पन्न भएको हो । अभियानको आयोजना दलितका लागि दलित अभियान, कैलालीले गरेको हो ।

Navadurga sun

भेलाको अध्यक्षता अभियानका जिल्ला अध्यक्ष सन्तोष आउजीले गर्नुभएको थियो भने सहजीकरण जिपी सुनारले गर्नुभयो । कार्यक्रमको सञ्चालन भरत कोलीले गर्नुभएको थियो ।

कार्यक्रमकी प्रमुख अतिथि पूर्वसामाजिक विकास मन्त्री लक्ष्मी विकले वर्तमान समयमा पनि दलित समुदायले सामाजिक विभेद भोग्नुपरेकोप्रति चिन्ता व्यक्त गर्दै भनिन्,

“२१औं शताब्दीमा आइपुग्दा पनि अन्धविश्वास र अशिक्षाका कारण दलितहरू विभेदमा छन्। संविधानले छुवाछुतमुक्त राष्ट्रको परिकल्पना गरे पनि व्यवहारमा त्यो कार्यान्वयन भएको छैन। पढेलेखेका मानिसहरूले समेत विभेदलाई कायम राखेका छन्।”

Dadhaldhura pur

उहाँले दलित समुदायले आफ्नै नेतृत्वमा अभियानहरू सञ्चालन गर्दै संगठित संघर्षमार्फत् अधिकार स्थापित गर्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा सहभागी वक्ताहरूले दलित समुदायका विषयमा दलितहरू आफैं अगाडि आउनु आवश्यक रहेको धारणा राखेका थिए। उनीहरूले दलित अधिकारका लागि नीतिगत तहदेखि व्यवहारिक सुधारसम्मको संघर्षमा एकता र सचेतना अपरिहार्य रहेको बताए।

“अब हाम्रो अधिकारका लागि हामी आफैं अघि सर्नुपर्छ। हाम्रो मुद्दा अरूले होइन, हामीले उठाउनु पर्छ,” एक सहभागी वक्ताले धारणा राखे।

‘दलितका लागि दलित अभियान’ अन्तर्गत यस्ता भेलाहरू समाजमा विद्यमान विभेद र छुवाछुत अन्त्य गर्न स्थानीयदेखि राष्ट्रिय स्तरसम्म दबाब सिर्जना गर्न आयोजित हुँदै आएका छन्।

कार्यक्रममा वक्ताहरूले यस्ता अभियानहरूलाई देशव्यापी रूपमा विस्तार गर्दै दलित आवाजलाई संस्थागत गर्नुपर्नेमा विशेष जोड दिए।

कार्यक्रम समापनमा वक्ताहरूले आगामी दिनमा अझ प्रभावकारी रूपमा दलितका हकहितका लागि अभियानहरू सञ्चालन गर्नुपर्ने निष्कर्ष निकाले।

विभेदरहित, समान र समावेशी समाज निर्माण गर्न शिक्षा, संगठन, जागरण र नेतृत्व विकास अपरिहार्य रहेको उनीहरूको भनाइ थियो।

ADD Khali jpg
ADD Khali jpg
Loading...