गोदावरीको ओलानी अस्थायी प्रहरी पोष्टलाई कम्प्युटर र प्रिन्टर सहयोग

विदेशमा रहेका युवाहरूले “सहयोगी हातहरू” समूहमार्फत प्रहरी सेवामा प्रविधि सहयोग

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका–१२ स्थित ओलानी अस्थायी प्रहरी पोष्टलाई कम्प्युटर र प्रिन्टर प्रदान गरिएको छ । क्रोसियामा रोजगारीमा रहेका युवाहरूले “सहयोगी हातहरू” समूह गठन गरी आइतबार एक कार्यक्रमका बीच उपकरण हस्तान्तरण गरेका हुन् ।

Ganyapdhura gau
Dadhaldhura pur

मालाखेती इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रणबहादुर चन्दले सहयोगले प्रहरी सेवामा सहजता आउने र प्रविधिसँग जोडिन मद्दत पुग्ने बताए । वडा अध्यक्ष भीमबहादुर खड्काले विदेशमा रहेर सामाजिक उत्तरदायित्व निभाउने युवाहरूले अरूलाई पनि प्रेरणा दिने विश्वास व्यक्त गरे ।

Navadurga sun

कार्यक्रममा पूर्व गाविस अध्यक्ष भानसिंह बिक, खानेपानी तथा सरसफाई उपभोक्ता समिति अध्यक्ष कृष्ण बिक, वडा नम्बर १० र ११ का अध्यक्ष तथा अन्य स्थानीय प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...