अत्तरिया- डोटीमा पेट्रोलको कालोबजारी भइरहेको भन्दै बोलन्या थली समूहले व्यानर प्रोटेस्ट सुरु गरेको छ । समूहले अत्तरिया–डडेल्धुरा सडकखण्डमा १५ वटा व्यानर टाँस्ने जनाएको छ ।


अत्तरिया चोकमा टाँसिएको व्यानरमा “दिपायल–सिलगढी जाँदै हुनुहुन्छ भने पेट्रोलको जुगाड गरेर जानु होला, त्यहाँ मोटाएका पम्प र मरेको प्रशासनका कारण पेट्रोल ब्ल्याकमा मात्र पाइन्छ” भन्ने सन्देश लेखिएको छ ।

बोलन्या थलीका संयोजक यादव जोशीले आफ्नो फेसबुकमार्फत अभियानको जानकारी सार्वजनिक गरेका छन् । समूहले प्रशासनलाई सचेत गराउने उद्देश्यले यो अभियान थालेको बताएका छन् ।

