कैलालीमा भोलिको बिदा कटौती

धनगढी- सम्भावित विपद्लाई मध्यनजर गरी गृह मन्त्रालयले यसअघि असोज १९ र २० गते दिएको सार्वजनिक बिदा कटौती गरिएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले एक सूचना जारी गर्दै भोलि सोमबार को बिदा कटौती गरेको हो ।

प्रशासकीय अधिकृत शिवराज जोशीद्वारा हस्ताक्षरित सूचनामा गृह मन्त्रालयबाट असोज १९ गते जारी सूचनाका आधारमा भोली सोमबारदेखि जिल्ला स्थित सबै सेवा प्रदायक निकायहरूले सेवा प्रवाह सुचारु गर्नु गराउनु हुन सम्बन्धित सबैलाई निर्देशानुसार अनुरोध गरिएको उल्लेख छ ।

Navadurga sun

ADD Khali jpg
ADD Khali jpg
Loading...