लामो दुरीका सवारी साधन चलाउन कैलाली प्रशासनको रोक

धनगढी- कैलाली काठमाण्डौं रुटमा लामो दूरीका सवारी साधन चलाउन रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले एक सूचना जारी गर्दै असोज १८–२० गतेसम्म भारी वर्षा तथा अति धेरै भारी वर्षाका कारण आउन सक्ने बाढी, पहिरो र डुबान एवं त्यसबाट उत्पन्न हुने सक्ने सम्भावित विपद् जोखिम न्यूनीकरण गर्न लामो दूरीका सवारी साधनमा रोक लगाइएको जनाएको छ ।

सूचनामा लामो दूरीका र काठमाडौँ उपत्यका भित्रिने/बाहिरिने सवारी साधन आवतजावत बन्द गरिएकोले उक्त अवधिमा यातायात व्यवसायी लगायत कसैले पनि अत्यावश्यक बाहेकका लामो दूरीका र काठमाडौँ उपत्यका भित्रिने/बाहिरिने सवारी साधन नचलाउन भनिएको छ ।

Navadurga sun

प्रशासकीय अधिकृत शिवराज जोशीद्वारा जारी सूचनामा भनिएको छ ‘राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सिंहदरबार काठमाडौँबाट मिति २०८२ असोज १८ गते शनिवार जारी भएको लामो दूरीका र काठमाडौँ उपत्यका भित्रिने/बाहिरिने सवारी साधन आवतजावत बन्द गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना अवगतै छ । 

त्यस सम्बन्धमा उक्त सूचनामा उल्लेख भए अनुसार अत्यावश्यक बाहेकका लामो दूरीका सवारी साधन नचलाई सम्भावित जोखिमलाई न्यूनीकरण गर्नरगराउन सहयोग गरिदिनु हुन सम्बन्धित सवैमा निर्देशानुसार अनुरोध गरिन्छ ।’

ADD Khali jpg
Loading...