अत्तरिया- विजयादशमीको शुभ साइतमा बिहीबार टीका जमरा ग्रहण गरेपछि आज शुक्रबार पनि आफन्तकामा टीका लगाउनेको चहलपहल बढेको छ।


दशैँघर वा पूजा कोठामा नवदुर्गाको प्रसादस्वरूप राखिएको टीका–जमरा आज पनि मान्यजनलाई अर्पण गर्ने क्रम जारी छ।

बजारमा आफन्त भेटघाट र टीका–आशीर्वादका लागि मानिसको भीड देखिएको छ।
विजयादशमीमा टीका लगाउन नभ्याउनेहरूले कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका–जमरा ग्रहण गर्न सक्ने धार्मिक परम्परा छ।
