धनगढीमा नगर प्रहरीले आज निःशुल्क यातायात सेवा प्रदान गर्ने

धनगढी- धनगढी उपमहानगरपालिकाले बडा दशैंको टीका लगाउन जाने व्यक्तिहरूलाई आज दिनभर निःशुल्क यातायात सेवा प्रदान गर्ने भएको छ।

Ganyapdhura gau

नेपालीहरुको महान चाड विजया दशमीको अवसरमा सवारी साधन नपाउने समस्यालाई मध्यनजर गरेर नगर प्रहरी मार्फत निःशुल्क यातायात सेवा दिइने भएको हो। नगर प्रहरीले टीका ग्रहण गर्न जानेहरूलाई धनगढी उपमहानरपालिका क्षेत्र भित्र निःशुलक यातयात सेवा प्रदान गर्नेछ।

Navadurga sun
Dadhaldhura pur

बडा दशैंको दिन गन्तव्यमा पुगी टीका ग्रहण गर्न समस्या नहोस् भनेर नगर प्रहरीले ९ वटा मोटरसाइकल, एक नगर प्रहरीको भ्यान र धनगढी उपमहानगरपालिकाको विषेशज्ञ वडा क्लिनिकको गाडी मार्फत यातायात सेवा प्रदान गर्ने छन्।

नगर प्रहरीले आज बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म सर्वसाधारणलाई निःशुल्क यातायात सेवा दिने उपमहानगरपालिकाले जनाएको छ।

निःशुल्क यातायात सेवाका लागि ०९१-५९०६९० र ९७६७७०९४५० मा गर्न उपमहानगरपालिकाले आग्रह गरेको छ। यतायात सेवा ९ वटा मोटरसाइकल र दुई वटा चार पाङ्ग्रे सवारी साधनबाट दिइने छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...