थारु समुदायमा दसैँ पर्वको विशेष अवसरमा घोर्वा पूजा

थारु समुदायमा घोर्वा पूजा
कञ्चनपुर- थारु समुदायमा दसैँ पर्वको विशेष अवसरमा घोर्वा (माटोको घोडा) पूजाको अनौठो परम्परा मनाइन्छ। यो परम्परा केवल देवी–देवताको आराधना मात्र नभई पितृ श्रद्धासँग पनि जोडिएको छ।

Dadeldhura hospital

किवदन्तीअनुसार द्वापर युगमा राजा दंगीशरणले घोर्वा पूजाको चलन सुरु गरेका थिए । कथाअनुसार राजा दंगीशरण आफ्नो फौजसहित शिकार खेल्न जंगल गएका बेला सुन्दर एक घोडी देखे । घोडीलाई पछ्याउँदै गर्दा दिनभरी लाग्यो र अन्ततः समातेर दरबारमा ल्याइयो । त्यो घोडी दिउँसो साधारण घोडी जस्तै देखिन्थ्यो तर राति अप्सरा रानीमा परिणत हुन्थ्यो ।

Navadurga sun
Godawari sandesh

दाङ्ग–सुर्खेतविच कालिकिच(कालिमाटी) क्षेत्रम युद्धभै रहेको समयमा अप्सरा रानीको दरबारमा मृत्यु भएपछि राजा दंगीशरणले स्मरणस्वरूप आफ्ना भारदार र प्रजालाई घोर्वा(माटोको घोडा) बनाई पूजा गर्न आदेश दिएको किवदन्ती छ । त्यही समयदेखि दसैँसँगै घोर्वा पूजाको परम्परा सुरु भएको थारु बुद्धिजिवी विरबहादुर राजवंशीले बताउछन् ।

“फुलपातीको दिन दहित थरका थारु समुदायले काँचो माटोको घोर्वा बनाएर पितृलाई आव्हान गर्छन”, उनले भने, “विभिन्न ठाउँ र चलन अनुसार माटोको घोडा वा भेडाको प्रतीक घरको मरुवामा राखिन्छ, जहाँ माइतीतर्फका पितृ देवताको पूजा गरिन्छ, त्यस्तै, ससुराली पितृ देवताको सम्झनामा डेहुरार वा ढुरखम्बामा पुज्ने प्रचलन छ ।” उनका अनुसार यसरी माइती र ससुराली दुवै पक्षका पुर्खालाई सम्झने संस्कार कायम छ । बाँकी रहेको माटो प्रयोग गरी भुँरुको घोर्वा बनाइन्छ र त्यसमा कुखुरा वा अन्य बलि दिने परम्परा रहेको छ ।  रासस

Loading...