

धनगढी- कैलालीको एक घरमा आगलागी भएको छ ।



जिल्लाको भजनी नगरपालिका-३ पडरीया बस्ने ५०वर्षीय कलम चौधरीको घरमा बिद्युतको तार सर्ट भई सोमवार आगलागी भएको हो ।


आगलागी हुँदा खाद्यान्न, लत्ताकपडा, भाडाबर्तन, काठ लगायतका समान गरी अन्दाजी मुल्य २ लाख ८० हजार बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।





