दार्चुलामा भीरबाट लडेर एक महिलाको मृत्यु

दार्चुला, ५ असाेज- दार्चुलामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ। शैल्यशिखर नगरपालिका वडा न‌ं. ९ बलाँचकी ६० वर्षीया राधिका खडायतको भीरबाट लडेर मृत्यु भएको हो।

घर नजिकै रहेको जंगलमा खर काट्न गएको बेला मंगलबार लडेर घाइते भएका थिइन्। घाईते खडायतलाई थप उपचारको लागि गोकुलेश्वर अस्पताल पुर्याउँदै गर्दा उनको बाटोमै मृत्यु भएको हो।

ADD Khali jpg
Loading...