कैलालीका तीन नगरपालिका अवलोकनमा मुख्यमन्त्री शाह

धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले ‘जेनजी’ आन्दोलनका क्रममा कैलालीका घोडाघोडी, गोदावरी र गौरीगङ्गा नगरपालिकामा भएको क्षतिको आइतबार अवलोकन गरेका छन्।

घोडाघोडी नगरपालिकामा करिब रु ८ करोड ५० लाखभन्दा बढी क्षति भएको नगरप्रमुख खडक रावतले जानकारी दिए। नगरप्रमुख र उपप्रमुखको कार्यकक्ष तथा वडा नं ४, ६ र १२ को भवन पुनर्निर्माण आवश्यक रहेको उनले बताए।

Navadurga sun

गोदावरी नगरपालिकामा करिब रु ९ करोड र गौरीगङ्गा नगरपालिकामा रु ७ करोड १२ लाखभन्दा बढी क्षति भएको तथ्याङ्क प्रस्तुत गरिएको छ।

अवलोकनका क्रममा मुख्यमन्त्री शाहले पुनर्निर्माणका लागि सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिँदै प्रदेश सरकारले प्रभावित नगरपालिकामा आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाए। साथै उनले खर्च कटौती र नागरिकको सुरक्षा, शान्ति–व्यवस्थालाई सरकारको प्राथमिकता रहने बताएका छन्।

ADD Khali jpg
ADD Khali jpg
Loading...