धनगढीमा ११ वर्षीया बालिकाको शव शंकास्पद अवस्थामा फेला

धनगढी- कैलालीको धनगढीमा एक बालिकाको शव शंकास्पद अवस्थामा फेला परेको छ । धनगढी उपमहानगरपालिका–३, चटकपुरकी ११ वर्षीया सुमित्रा राना बिहीवार साँझदेखि बेपत्ता भएकी थिइन् । उनको शव शुक्रबार दिउँसो मोहना नदीमा भेटिएको हो ।

Ganyapdhura gau

जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार बिहीवार साँझ करिब ४ बजेतिर हराएकी सुमित्राको खोजी गरिदिन भन्दै परिवारले शुक्रवार बिहान १० बजेतिर प्रहरीलाई खबर गरेका थिए ।

Navadurga sun
Dadhaldhura pur

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक राजकुमार सिंहका अनुसार प्रहरीले जानकारी पाए लगत्तै खोजी कार्य सुरु गरिएको थियो। त्यसपछि केही समयमा बालिकाको शव फेला परेको हो ।

प्रहरीका अनुसार बालिकाको शव नदीमा डुबेको अवस्थामा थियो भने उनको कपडा र चप्पल घटनास्थलबाट करिब २ सय मिटर पर भेटिएको थियो ।

शव निर्वस्त्र अवस्थामा भेटिएकाले घटना रहस्यमय भएको बताइएको छ । प्रहरीले शव पोष्टमार्टमका लागि पठाएको र रिपोर्ट आएपछि मृत्युको कारणबारे थप तथ्य खुल्ने जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...