



काठमाडौं- निर्वाचन आयोगले मतदाता नामावली दर्ता र मतदान गर्ने उमेरको विषयमा भएको द्विधालाई प्रष्ट्याएको छ । आयोगले यसअघि जारी गरेको विज्ञप्तिमा १६ वर्ष पुगेका नागरिकले नै मतदान गर्न पाउने आशयको उल्लेख गरेको थियो । जसका कारण द्विधा भएको भन्दै पुन अर्को विज्ञप्ति जारी गरी प्रष्ट पारेको छ ।


जस अनुसार १६ वर्ष पुगेका नेपाली नागरिकता भएका व्यक्तिले अहिले मतदाता नामावलीमा दर्ता गर्न सक्छन् । तर मत हाल्नका लागि चाहिँ १८ वर्ष नै पुगेको हुनुपर्छ ।





