बैतडीमा सामूहिक जमरा राख्ने प्रचलन

बैतडी- दसैँको पहिलो दिन सोमवार यहाँका शक्तिपीठ तथा मन्दिरमा जमरा राखेर घटस्थापना गरिएको छ । शक्तिपीठ तथा मन्दिरमा सामूहिक जमरा राख्ने प्रचलन रहिआएको संस्कृतिका जानकार आचार्य विष्णुदत्त भट्टले बताए । घरघरबाट जौ ल्याएर मन्दिरमा सामूहिक रूपमा जमरा राख्ने चलन रहिआएको उनले जानकारी दिए ।

Ganyapdhura gau
Dadeldhura hospital

जिल्लाका सबैजसो मन्दिर तथा शक्तिपीठमा सामूहिक रूपमा जमरा राख्ने चलन रहिआएको छ । जिल्लाका प्रसिद्ध शक्तिपीठमा सोमबार सामूहिक रूपमा जमरा राखिएको निङ्गलाशैनी भगवती मन्दिरका पुजारी लोकराज भट्टले जानकारी दिए। उनका अनुसार गाउँघरका सबै दर्शनार्थीले घरघरबाट जौ र अन्य पूजा सामग्री ल्याएपछि जमरा राखिन्छ ।

Navadurga sun
Godawari sandesh

यहाँको प्रसिद्ध त्रिपुरासुन्दरी, निङ्गलाशैनी, मेलौली, डिलाशैनी, कफलाशैनी, फाल्ङासैनी, फाल्ङाशैनी, कालशैनीलगायत शक्तिपीठमा सामूहिक जमरा राखिएको छ। त्यस्तै, सिँगास, केदार, शिवनाथ, जगन्नाथ, नागार्जुन, वासुलिङ्ग, दोगडाकेदार, महारुद्र, उदयदेव, अनिरुद्र, भूमिराजलगायत मन्दिरमा सामूहिक रूपमा जमरा राखिएको छ। मन्दिरमा जमरा राखेपछि नवरात्र सुरु भएको छ। मन्दिरमै बसेर नवरात्र उपासना गर्ने चलन रहिआएको पण्डित जयानन्द भट्टले बताए ।

शक्तिपीठ तथा मन्दिरमा जमरा राख्नु अघि भण्डार घरबाट शक्तिपीठ तथा मन्दिरमा देउरो लग्ने चलन रहिआएको छ। प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा भण्डार घरबाट भगवतीको सवारी गराएपछि सामूहिक जमरा राखिएको मन्दिरका मूल पुजारी देवदत्त भट्टले बताए। सामूहिक रूपमा जमरा राख्ने प्रचलनले सामाजिक सद्भाव पनि कायम हुने उनले विश्वास व्यक्त गरे। नवरात्र सुरु भएसँगै देवीदेवताका मन्दिरमा भक्तजनको घुइँचो बढेको छ। बसाइँसराइ गरेर गएका पनि दसैँको समयमा थातथलोमा फर्कने भएकाले शक्तिपीठ तथा मन्दिरमा घुइँचो लागेको हो ।

Couple
Loading...