जेन्जी पुस्तालाई अपमानित नगर्न धनगढीका मेयर हमालको आग्रह

धनगढी- धनगढीका नगर प्रमुख गोपाल हमालले जेन्जी पुस्तालाई अपमानित गर्ने वा निरुत्साहित गर्ने कुनै पनि व्यवहार नगर्न सबैलाई आग्रह गरेका छन्।

भदौ २३ र २४ गते जेन्जी युवाहरूले विभिन्न मागसहित आन्दोलन गरेका थिए। त्यस आन्दोलनलाई लिएर पछिल्ला दिनहरूमा सामाजिक सञ्जाल तथा विभिन्न थलोमा नकारात्मक टिप्पणी भइरहेकाले यस्तो व्यवहार युवाहरूलाई आत्मग्लानीमा धकेल्ने खतरा रहेको मेयर हमालले बताएका छन्।

Navadurga sun

उनले भने, “असल मनसायबाट जेन्जी युवाहरूले आन्दोलन गरेका हुन्। तर, त्यसमा कतिपय घुसपैठ भएको विषय सबैलाई थाहा छ। अहिले ती घटनाका भिडियो र तस्बिरहरू सार्वजनिक भइरहेका छन्। त्यसैले युवा पुस्तालाई निरुत्साहित गर्ने कार्य रोक्नुपर्छ।”

हमालका अनुसार जेन्जी पुस्ता देशको भविष्य, गहना र आत्मा हो। स्वदेशमै बसेर श्रम गर्दै आफ्नो भविष्य खोज्ने पुस्ता भएकाले उनीहरूलाई अपमानित गर्नुको सट्टा राष्ट्र निर्माणमा सकारात्मक ढंगले उर्जा प्रयोग गर्नुपर्नेमा उनले जोड दिए।

“युवाहरूले राज्यसत्ता वा पद मागेका होइनन्। उनीहरूको माग भनेको भ्रष्टाचार अन्त्य गरी देशलाई सदाचारतर्फ लैजानु हो,” हमालले भने।

पछिल्लो समय जेन्जी पुस्तामाथि अपमान र निरुत्साह बढिरहेको सन्दर्भमा उनले नरेश धानुक र प्रेम आचार्यका घटनालाई उदाहरणीय रुपमा प्रस्तुत गरे। बेदकोट नगरपालिका–४ का २४ वर्षीय नरेश धानुकले सामाजिक अपमान सहन नसकी आत्महत्या गर्न बाध्य भएको र २०७९ माघ १० गते संघीय संसद भवन अगाडि ईलामका ३७ वर्षीय व्यवसायी प्रेम आचार्यले आत्मदाह गरेको प्रसंग उठाउँदै उनले भने, “युवाहरूलाई आत्महत्या वा आत्मदाह जस्तो चरम कदम चाल्न बाध्य पार्ने निरुत्साहित गर्ने कार्य रोकिनुपर्छ।”

उनले प्रत्यक्ष वा परोक्ष रुपमा युवाहरूलाई पीडा दिने, अपमानित गर्ने कार्य नदोहोऱ्याउन सम्पूर्णलाई आग्रह गर्दै भने, “जेन्जी पुस्तालाई निरुत्साहित नगरी उनीहरूको उर्जा र जोशलाई राष्ट्र निर्माणतर्फ मोड्न सकिए मात्र समृद्ध नेपालको सपना साकार हुन्छ।”

ADD Khali jpg
ADD Khali jpg
Loading...