

धनगढी- कैलाली जिल्ला अदालतले जेनजी आन्दोलनपछि रोकिएका सेवा सुचारू गर्ने निर्णय गरेको छ । जेनजी आन्दोलनका क्रममा २४ भदौमा भएको आगजनी, तोडफोड र लुटपाटका कारण भएको भौतिक क्षति र त्यसपश्चात उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै अदालतले आकस्मिक पूर्ण बैठक बसेर आगामी दिनमा हुने कामकारबाहीबारे निर्णय गरेको हो ।



जिल्ला अदालतले आइतबार जारी गरेको सूचनामा सेवाग्राहीलाई अदालतका विभिन्न कामकारबाहीबारे जानकारी दिएको हो । सूचना अनुसार आजै (भदौ २९ गते) बाट बन्दी प्रत्यक्षीकरण निवेदन दर्ता, म्याद थप, जरुरी पक्राउ पूर्जीको स्वीकृति र पक्राउ अनुमति सम्बन्धी कार्य पुनः सुचारु हुने भएको छ ।


तर अन्य मुद्दा दर्ता, नियमित पेसीका मुद्दा सुनुवाई तथा तारिख निर्धारण लगायतका नियमित कामकारबाही भने अर्को सूचना नभएसम्मका लागि स्थगित गरिने अदालतले जनाएको छ ।





