


धनगढी- कैलालीको धनगढीका एक फरार प्रतिबादी पक्राउ परेका छन् ।


जिल्ला अदालत कैलालीको फैसलाले लागूऔषध मुद्दामा २९ दिन कैद सजाय तोकिएको धनगढी उपमहानगरपालिका ७ मनेहरा बस्ने २० वर्षीय कनैया राना पक्राउ परेका छन् । रानालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले शुक्रवार उनकै घरबाट पक्राउ गरेको जनाएको छ ।

