सुदूरपश्चिमको राजस्व संकलन लक्ष्यभन्दा कम

अत्तरिया- सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ मा एक अर्ब ६२ करोड २८ लाख रुपैयाँ आन्तरिक राजस्व संकलन गरेको छ । सरकारले सो वर्षका लागि एक अर्ब ६४ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य लिएकोमा करिब १.०५ प्रतिशतले कम राजस्व संकलन भएको हो ।

Ganyapdhura gau

प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार रोयल्टीबाहेक एक अर्ब ६० करोड संकलन गर्ने लक्ष्य लिइएको थियो भने एक अर्ब ५६ करोड १४ लाख मात्रै संकलन भयो । तर प्राकृतिक स्रोततर्फ भने लक्ष्यभन्दा बढी राजस्व उठेको छ । चार करोड चार लाखको लक्ष्य राखिएको रोयल्टीतर्फबाट ६ करोड १४ लाख रुपैयाँ संकलन भएको छ ।

Navadurga sun

प्रदेशले सबैभन्दा धेरै राजस्व यातायात क्षेत्रबाट संकलन गरेको छ। यस शीर्षकबाट मात्रै ७४ करोड ७५ लाख रुपैयाँ उठाइएको छ भने घरजग्गा रजिस्टेसन शुल्कबाट ५१ करोड ४७ लाख रुपैयाँ संकलन भएको छ। यसअघि कर दरमा गरिएको वृद्धि र नयाँ शीर्षक थपिएकाले संकलनमा सुधार देखिएको हो ।

Dadhaldhura pur

अघिल्ला वर्षहरूमा भने लक्ष्यभन्दा धेरै कम राजस्व संकलन भएको थियो । आर्थिक वर्ष २०८०/८१ मा डेढ अर्ब लक्ष्य राखिएकोमा एक अर्ब २८ करोड संकलन भएको थियो । त्यस्तै, आर्थिक वर्ष २०७९/८० मा दुई अर्बको लक्ष्य राखिएकोमा एक अर्ब ४२ करोड रुपैयाँ मात्रै संकलन भएको थियो ।

करका दर बढाइँदा राजस्वमा सामान्य वृद्धि भए पनि करको दायरा नबढ्दा उल्लेख्य सुधार हुन नसकेको प्रदेश लेखा नियन्त्रक वासुदेव जोशीले बताए। उनका अनुसार दुई वर्षअघि सामुदायिक वनले उपभोक्ता बाहिर बिक्री गर्ने काठबाट हुने आम्दानी प्रदेश र स्थानीय तहले पाउने व्यवस्था भएपछि काठ बिक्रीबाट पनि राजस्व जम्मा हुन थालेको छ ।

तर पछिल्ला वर्षहरूमा कर दायरा विस्तार नभएकाले ठूलो मात्रामा आय वृद्धि हुन सकेको छैन । प्रदेशमा वनजंगल तथा प्राकृतिक स्रोतको उपयोग र पर्यटन पूर्वाधार निर्माणमा जोड दिन सक्ने हो भने आन्तरिक राजस्व बढ्न सक्ने जोशीको भनाइ छ ।

चालू आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले ३३ अर्ब ४७ करोड ७० लाख ४८ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । त्यसमध्ये आन्तरिक स्रोतबाट १ अर्ब ६५ करोड रुपैयाँ उठ्ने अनुमान गरिएको छ। तर बजेटको तुलनामा आन्तरिक आम्दानी अझै निकै न्यून रहेको प्रष्ट भएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...