एमालेका सुदुरपश्चिम इन्चार्ज भट्ट गृहनगर कैलाली पुगे




अत्तरिया, २८ भदाै– नेकपा एमालेका सुदुरपश्चिम इन्चार्ज लेखराज भट्ट गृहनगर कैलाली आएका छन् । आईतबार बालुटारमा बसेको स्थायी कमिटीको बैठकले सुदूरपश्चिम प्रदेशमा ईन्चार्जकाे जिम्मेवारी लेखराज भट्टलाई नै दिइ निरन्तरता दिएको हो ।



निरन्तरता दिएसगै भट्ट गृहनगर कैलाली आइ पुगेका हुन् । उनको यो बसाई पार्टि र कार्यकर्ताहरुका लागि महत्वपुर्ण रहने छ । नेकपा एमाले जेठ २ मा फर्किएपछि पनि पार्टीले उनलाई नै इन्चार्जको जिम्मेवारी दिएको छ ।


इन्चार्जको जिम्मेवारी पाएपछि उनी गृहनगर कैलाली आएका हुन । उनलाई गेटा बिमानस्थलमा नेता कार्यकर्ताले भव्य स्वागत समेत गरेका छन् । भट्ट केही दिन पार्टीको कामले गृहनगर कैलालीमै रहने बुझिएको छ ।



