धनगढीको एक प्याकेजिङ उद्योगमा आगलागी

Dadeldhura hospital

धनगढी, २८ भदाै- धनगढीको एक प्याकेजिङ उद्योगमा आगलागी भएको छ। धनगढी उपमहानगरपालिका वडा नं. १३ कैलाली गाउँमा रहेको लक्ष्मी रोटो प्याकेजिङ उद्योगमा अगलागी भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्याकेजिङ मेसिनबाट आगलागी सुरु भएको र अन्यत्र सल्किने सम्भावना कम रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उद्योगका सञ्चालक गोविन्द पन्तले आगो नियन्त्रणमा आई सकेकाे र नाेक्सानको एकिन विवरण भाेली मात्र थाहा पाउन सकिने बताए। गत वर्ष मंसिरमा पनि सो उद्योगमा आगलागी हुँदा झण्डै ३५ लाखको क्षति भएको थियो।

Loading...