ग्याँसजन्य आगलागी न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रम सम्पन्न

अत्तरिया- सैपाल ग्याँस प्रा.लि., गोदावरी नगरपालिका–१, कैलालीले एलपी ग्याँसको सुरक्षित प्रयोग र ग्याँसजन्य आगलागी न्यूनीकरणका लागि ऐश्वर्य विद्या निकेतन विद्यालयमा एक जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम जिल्ला प्रशासन कार्यालय, कैलाली र सशस्त्र प्रहरी बल नेपाल नं. ३४ गणको सहकार्यमा आयोजना गरिएको हो ।

कार्यक्रममा ग्यास सिलिन्डरको सुरक्षित प्रयोगबारे विद्यार्थीहरूलाई जानकारी दिइएको थियो । विद्यालयका कोर्डिनेटरले ग्याँस सिलिन्डर प्रायः सबै घरमा भए पनि सुरक्षित प्रयोगबारे पर्याप्त जानकारी नहुँदा दुर्घटनाहरू भइरहेको बताए । “ग्यास खरिद गर्दा ध्यान दिनुपर्ने कुरा, ग्यास लिक भएको खण्डमा अपनाउनुपर्ने सावधानी, लिक हुन नदिन के उपाय अपनाउने तथा आगो निभाउने उपकरणको प्रयोगबारे व्यावहारिक जानकारी दिइयो,” उनले भने ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

सशस्त्र प्रहरी बल न. ३४ गणका एएसआइ क्षेतेन्द्र मल्लले प्रत्यक्ष जीवन रक्षात्मक अभ्यास (लाइफ डेमो) प्रस्तुत गर्दै आगलागी हुँदा अपनाउनु पर्ने विधिबारे जानकारी दिएका थिए । त्यस्तै, सैपाल ग्याँसका मार्केटिङ म्यानेजर मनोज दाहालले एलपी ग्याँसको लिकेजका कारणहरू, त्यसबाट उत्पन्न जोखिम र रोकथामका उपायहरूबारे जानकारी दिएका थिए ।

दाहालले सुदूरपश्चिम क्षेत्रमा ग्यासजन्य दुर्घटनाको संख्या बढ्दो रहेको उल्लेख गर्दै जनचेतनाको अभाव नै मुख्य कारण भएको बताए । “सामाजिक उत्तरदायित्व अन्तर्गत यो अभियान सुरू गरेका छौं,” दाहालले भने, “विद्यार्थीलाई सचेत गराएमा तिनको परिवार र समुदायमा समेत चेतना फैलिने विश्वास छ ।”

कार्यक्रमको पहिलो चरणअन्तर्गत ऐश्वर्य विद्या निकेतन पछि असार ५ गते भोली बिहीबार ऐश्वर्या बहुमुखी कलेज र असार ६ गते शुक्रबार पञ्चोदय माध्यमिक विद्यालयमा यस्ता कार्यक्रम आयोजना गरिने सैपाल ग्याँसका मार्केटिङ म्यानेजर दाहालले बताए ।

Loading...