गोदावरी नगरपालिकामा निःशुल्क शिक्षाको प्रभावकारी कार्यान्वयनका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न

अत्तरिया- कैलालीकाे गोदावरी नगरपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षाको प्रभावकारी कार्यान्वयनका लागि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । सामाजिक विकास मन्त्रालय अन्तर्गत शिक्षा विकास निर्देशनालयको समन्वयमा सामाजिक विकास कार्यालय, कैलालीको आयोजनामा बिहीबार नगरपालिकाको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो ।

Ganyapdhura gau

कार्यक्रममा नगर उपप्रमुख शारदा देवी रोकाया, प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडी, सामाजिक विकास कार्यालय कैलालीका प्रमुख कुलराज सोती, सबै वडाका अध्यक्ष तथा प्रतिनिधिहरू, शिक्षा समिति सदस्यहरू तथा पालिकाका कर्मचारीहरूको उल्लेख्य उपस्थिति थियो ।

Navadurga sun

कार्यक्रममा अनिवार्य तथा निःशुल्क शिक्षाको कार्यान्वयन, विद्यालय व्यवस्थापन तथा सञ्चालनमा देखिएका समस्याहरू र समाधानका उपायहरू बारे विस्तृत छलफल गरिएको थियो। शिक्षा शाखा प्रमुख प्रयाग राज जोशीले अनिवार्य शिक्षालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न विद्यालय, अभिभावक र समुदाय बीच सहकार्य अनिवार्य रहेको बताए । उनले शिक्षा सबै बालबालिकाको मौलिक अधिकार भएको उल्लेख गर्दै पालिकाले यसको सुनिश्चितताका लागि योजनाबद्ध रूपमा कार्यक्रमहरू अगाडि बढाइरहेको जानकारी गराए ।

Dadhaldhura pur

कार्यक्रममा गौरिगंगा नगरपालिकाका शिक्षा शाखा प्रमुख हरिश पन्तले शिक्षा मानवअधिकारको रूपमा कसरी स्थापित छ, शिक्षा सम्बन्धी कानुनी तथा नीतिगत व्यवस्था र अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५ का महत्वपूर्ण प्रावधानहरू बारे सहभागीहरूलाई जानकारी गराए ।

नगर उपप्रमुख रोकायाले सबै बालबालिकालाई गुणस्तरीय र निःशुल्क शिक्षा उपलब्ध गराउन पालिका प्रतिबद्ध रहेको बताइन् । उनले नीतिगत तथा कार्यक्रमगत रूपमै यसलाई मजबुत बनाउँदै लैजानुपर्ने आवश्यकता औँल्याइन् ।
प्रमुख प्रशासकीय अधिकृत बिनाडीले सबै वडामा सक्रिय सहभागिता बिना निःशुल्क शिक्षाको उद्देश्य प्राप्त हुन नसक्ने उल्लेख गर्दै स्थानीय सरकारको भूमिकालाई अझ प्रभावकारी बनाउनु पर्ने बताए ।

सामाजिक विकास कार्यालय कैलालीका प्रमुख कुलराज सोतीले शिक्षा मानवअधिकार तथा समृद्धिको आधार भएको बताउँदै ऐनको प्रभावकारी कार्यान्वयनका लागि नीति, बजेट तथा पूर्वाधारमा प्राथमिकता दिनुपर्नेमा जोड दिए । साथै, शिक्षकको क्षमता अभिवृद्धि, छात्रवृत्तिको पारदर्शी व्यवस्थापन, र बालमैत्री वातावरण निर्माणमा समेत पालिकाको ध्यान केन्द्रित हुनुपर्ने बताए ।

कार्यक्रमले सरोकारवाला सबै पक्षलाई अनिवार्य शिक्षाको कार्यान्वयनमा आपसी समन्वय र साझा जिम्मेवारीको भावना विकास गर्न प्रेरणा दिएको सहभागीहरूको धारणा थियो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...