सुदूरपश्चिममा शनिबार थप २० जना काेराेना संक्रमित पुष्टि

अत्तरिया, २६ भदौ– सुदूरपश्चिम प्रदेशमा शनिबार थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर बिधिबाट १ सय ६२ नमूनाको कोरोना परिक्षण गदा १८ जनामा कोरोना पुष्टि भएको छ ।

प्रदेशको सेती प्रादेशिक अस्पतालमा गरिएको पीसीआर परिक्षणमा १४ जना र डडेल्धुरा अस्पतालमा गरिएको पीसीआर परिक्षणमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये कैलालीका १३ जना, डडेल्धुराका ४ जना र कञ्चनपुरका १ जना रहेको स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

त्यस्तै पछिल्लो २४ घण्टामा एन्टिजेन बिधिबाट ९ सय ३४ नमूनाको कोरोना परिक्षण गर्दा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा कैलाली र कञ्चनपुरका १/१ जना रहेका छन । यो संगै प्रदेशमा कोरोना संक्रमितको संख्या ४६ हजार ५ सय ८० पुगेको छ ।

स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा १४ जनाले कोरोना जितेका छन । यो संगै प्रदेशमा कोरोना निको हुनेको संख्या ३६ हजार ८ सय ९२ पुगेको छ ।

हाल प्रदेशका बिभिन्न अस्पतालहरुमा ३३ कोरोना संक्रमित उपचाररत रहेका छन । जसमध्ये कैलालीको सेती प्रादेशिक अस्पतालमा १७, टीकापुर अस्पतालमा २, कञ्चनपुरको महाकाली अस्पतालमा ५, डडेल्धुरा अस्पतालमा ४, जिल्ला अस्पताल दार्चुलामा ३, बैतडी र डोटी अस्पतालमा १/१ जना उपचाररत रहेका छन ।

उपचाररत मध्ये ८ जनाको आईसियु र ४ जनाको भेन्टिलेटरमा उपचार भईरहेको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

Loading...