अत्तरिया- जलवायु परिवर्तन स्थानीय अनुकूल परियोजनाको सहयोगमा चुरे गाउँपालिका अन्तर्गत सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीहरूलाई लक्षित गरी सामुदायिक वन व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ ।


कार्यक्रमको अध्यक्षता चुरे गाउँपालिकाका अध्यक्ष चक्रबहादुर बोगटीले गर्नु भएको थियो । त्यसैगरी कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष धना देवी थापा, वडा नम्बर ६ का वडाध्यक्ष प्रेम बहादुर साउद, २ का वडाध्यक्ष केशव साउद, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिबिराज सोति तथा सहजपुर सब-डिभिजन कार्यालयका प्रमुख श्यामसुन्दर माझीको पनि उपस्थिति रहेको थियो ।




कार्यक्रममा सामुदायिक वनको दिगो व्यवस्थापन, जलवायु परिवर्तनका असरहरू र त्यसको स्थानीय स्तरमा सामना गर्न सकिने उपायहरू बारे विस्तृत रूपमा जानकारी दिइएको थियो । सहभागीहरूले वन व्यवस्थापनमा देखा परेका चुनौती र समाधानका उपायहरूका बारेमा समेत छलफल गरेका थिए ।
कार्यक्रमले सामुदायिक वन उपभोक्ता समूहहरूलाई अझ बढी सचेत र सक्षम बनाउने विश्वास लिइएको छ ।





