कैलालीमा बेहोस भेटिएका पुरुषको मृत्यु

धनगढी । कैलालीको अत्तरियामा बेहोस अवस्थामा भेटिएका एक पुरुषको मृत्यु भएको छ। गोदावरी नगरपालिका–२ अत्तरिया बसपार्कमा बिहीवार राति बेहोस अवस्थामा भेटिएका नाम, थर नखुलेका अन्दाजी ३५ वर्षीय पुुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ।

Ganyapdhura gau
Dadeldhura hospital

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक९डीएसपी० राजकुमार सिंहले बेहोस भेटिएका उनलाई प्रहरीले उपचारका लागि पद्यमा अस्पताल पुगाएको बताए तर पद्यमा अस्पतालले सेती प्रादेशिक अस्पताल रेफर गरेको थियो।

Navadurga sun
Godawari sandesh

उनको सेती प्रादेशिक अस्पतालमा राति उपचारका क्रममा मृत्यु भएको डीएसपी सिंहले जानकारी दिए। मृतकको पहिचान भने खुुलेको छैन। उनको शव परीक्षणका लागि प्रादेशिक अस्पतालको शव गृहमा राखिएको प्रहरीले जनाएको छ।

 

Loading...