कृष्णपुर नगरपालिकामा एक दिवसीय प्रवर्द्धन कार्यक्रम सम्पन्न

कञ्चनपुर- अनिवार्य तथा निःशुल्क शिक्षा ऐन २०७५ र नियमावली २०७७ को प्रभावकारी कार्यान्वयनलाई सशक्त बनाउने उद्देश्यले कृष्णपुर नगरपालिकामा एक दिवसीय प्रवर्द्धन कार्यक्रम सम्पन्न भएको छ ।

Ganyapdhura gau

सामाजिक विकास कार्यालय, कञ्चनपुरको आयोजनामा आयोजित कार्यक्रम बुधबार नगरपालिकाको सभाहलमा सम्पन्न भयो । कार्यक्रममा जिल्लाका नौ वटै स्थानीय तहका प्रतिनिधि, सामुदायिक तथा संस्थागत विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, शिक्षा विज्ञ र विभिन्न सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रह्यो ।

Navadurga sun

कार्यक्रमको उद्‌घाटन कृष्णपुर नगर प्रमुख हेमराज ओझाले गरे भने सभापतित्व सामाजिक विकास कार्यालयका प्रमुख गोपाल दत्त जोशीले गरे । उप-प्रमुख द्रोपती राना, प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र प्रसाद भट्ट र विभिन्न वडाका अध्यक्षहरूको उपस्थिति कार्यक्रमलाई थप अर्थपूर्ण बनायो ।

Dadhaldhura pur

कार्यक्रममा अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी कानुनी प्रावधानहरू बारे जानकारी प्रदान गर्दै बालबालिकाको शिक्षामा राज्य र स्थानीय तहको भूमिका, विद्यालय व्यवस्थापन समितिको कार्यक्षेत्र, शिक्षकहरूको जिम्मेवारी तथा व्यवहारिक कार्यान्वयनका चुनौतीहरूमा विज्ञहरूले विस्तृत प्रस्तुतीकरण गरे।

समूहगत छलफलमार्फत स्रोतसाधनको अभाव, शिक्षक दक्षता अभिवृद्धि, समुदायको न्यून सहभागिता र अनुगमन प्रणालीको कमजोरीजस्ता व्यवहारिक चुनौतीहरू बारे सहभागीहरूले विचार आदानप्रदान गरे ।

कार्यक्रम समापन गर्दै प्रमुख गोपाल दत्त जोशीले कानुनको प्रभावकारी कार्यान्वयनका लागि सरोकारवाला बीचको समन्वय अपरिहार्य भएको उल्लेख गर्दै आगामी दिनमा सुझावलाई आत्मसात् गरी थप सशक्त कार्यक्रम अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

नगर प्रमुख हेमराज ओझाले शिक्षालाई उच्च प्राथमिकता दिएको नगरपालिकाको दृष्टिकोण प्रस्ट्याउँदै आवश्यक सबै सहयोग गर्ने आश्वासन दिए । सहभागीहरूको धारणा अनुसार, यस्ता प्रवर्द्धनात्मक कार्यक्रमहरूले शिक्षासम्बन्धी कानुनी प्रावधानप्रति सरोकारवालाको उत्तरदायित्व बोध र आपसी समन्वयलाई बलियो बनाउने महत्वपूर्ण काम गरेका छन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...