वडाध्यक्षसहित तीन जना पक्राउ

लमजुङ । जिल्ला प्रहरी कार्यालय लमजुङले एकजना वडाध्यक्षसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बेंसीसहर नगरपालिका वडा ९ का वडाध्यक्ष खुशीजङ गुरुङ रहेका छन्। त्यस्तै, बेंसीसहर ८ का विशाल अधिकारी र मोहन तामाङ पनि पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रेशम बोहराले उनीहरुलाई आइतबार बिहान पक्राउ गरिएको जानकारी दिए। प्रहरीले उनीहरुविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ।

Navadurga sun

अभद्र व्यवहार गर्न नहुने कसुरमा गत फागुन २५ गते मुद्दा दर्ता भएपछि उनीहरु फरार भएका थिए । आइतबार उनीहरु स्वयम् प्रहरी कार्यालयमा पुगेकोमा प्रहरीले नियन्त्रणमा लिएको थियो ।

उनीहरुविरुद्ध जिल्ला प्रशासन कार्यालयबाट ७ दिनको म्याद थप गरी अनुसन्धान थालिएको डीएसपी बोहराले बताउनुभयो । अध्यक्ष गुरुङविरुद्ध गत वर्ष पनि अभद्र व्यवहार कसुरमा मुद्दा परेको थियो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...