सेती अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु




अत्तरिया, १६ भदाै– सेती प्रादेशिक अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मृत्यु हुनेमा एक जना बैतडी र एक जना अछामका रहेका छन् । अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठका अनुसार आइसियुमा उपचाररत बैतडीको दशरथ चन्द नगरपालिका–८ का ३१ वर्षीय पुरुषको बुधवार बिहान मृत्यु भएको हो ।



त्यस्तै आइसियुमै उपचाररत अछामको साँफेबगर नगरपालिका – ५ का ५१ वर्षीय पुरुषको मंगलबार राती मृत्यु भएको थियो । हाल अस्पतालमा ११ जना कोरोना संक्रमित उपचाररत रहेका छन् । ती मध्ये २ जनाको आइसियु र २ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।


यसैबिच सेतीमा २८ कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १ सय ५८ नमुनाको कोरोना परीक्षण गरिएकोमा २८ संक्रमित थपिएका हुन ।



