आज देशभरिको मौसम

काठमाडौं । आइतबारदेखि देशभरि मौसम सफा छ। शुक्रबार र शनिबार पश्चिमी न्यूनचापीय प्रणालीको असरले अधिकांश भूभागमा मौसम बदली र वर्षाको स्थिति थियो।

Dadeldhura hospital

आइतबारदेखि त्यो प्रणाली हटेपछि मौसममा सुधार भएको छ। सोमबार पनि मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाको आकलन छ।मौसमविद डेविड ढकालकाअनुसार आज पनि बिहानैदेखि अधिकांश भूभागहरूमा मौसम सफा छ।

Navadurga sun
Godawari sandesh

दिउँसो कोशी र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भूभागमा आंशिक बदली हुने र बाँकी भूभागमा मुख्यतय सफा रहने पूर्वानुमान छ। त्यस्तै राति सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सफा रहने पूर्वानुमान छ।

मौसम सुधारिएसँगै तापक्रम विस्तारै बढ्दै जाने उनले बताए। सोमबार काठमाडौंको न्यूनतम तापक्रम ९.२ डिग्री सेल्सियस मापन भएको छ। अधिकतम तापक्रम २३ देखि २५ डिग्री सेल्सियस रहने पूर्वानुमान छ।

Loading...