अत्तरियाको जेके माविको ३३ औँ वार्षिकोत्सव सम्पन्न

अत्तरिया- गोदावरी नगरपालिका वडा नं १ अत्तरियामा रहेको जे.के. अंग्रेजी माध्यमिक विद्यालयको ३३ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।

विद्यालयका अध्यक्ष प्रेमबहादुर बोगटीको सभापतित्वमा आयोजित वार्षिकोत्सव समारोहका प्रमुख अतिथि गोदावरी नगरपालिका नगर प्रमुख विरेन्द्र भट्ट रहेका थिए । 

godawari10 Mahila hinsa
Navadurga sun

त्यस्तै विशिष्ट अतिथिमा गोदावरी प्याब्सन नगर कमिटी पूर्व अध्यक्ष तथा खप्तड विद्या निकेतनका संस्थापक श्यामबहादुर खत्री, लोटस आई अंग्रेजी माध्यमिक विद्यालयका प्रिन्सिपल मान बहादुर ऐर रहेका थिए ।

Dadeldhura hospital

वार्षिकोत्सव समारोहमा नगर प्रमुख विरेन्द्र भट्टले संस्थागत विद्यालयहरूले ठूलो लागतमा विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माण गर्न महत्वपूर्ण भूमिका खेलेको बताए । उनले पहिलेको भन्दा शिक्षा क्षेत्रमा हाल नगरपालिका अब्बल दर्जाको रुपमा अगाडि बढ्ने विश्वास लिएको बताउँदै नगरपालिकाले शैक्षिक क्षेत्रमा उच्च प्राथमिकता दिएको बताए ।

नगर प्रमुख भट्टले संस्थागत र सामुदायिक विद्यालयहरूमा कुनै भेदभाव नराखी समान अवसर प्रदान गर्ने नीति अपनाइएको र यसै क्रममा निरन्तर प्रयास भइरहेको बताए । उनले गेटा मेडिकल कलेजलाई छिटो भन्दा छिटो सञ्चालनमा ल्याउने योजना प्रस्तुत गर्दै, यसले शिक्षा र स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्ने विश्वासका साथ आगामी दिनहरूमा थप प्रगतिको अपेक्षा गरिएको बताए ।

यस्तै, वार्षिकोत्सव समारोहमा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रतिभा प्रस्तुत गरेका थिए । सो अवसरमा शैक्षिक लगायत अतिरिक्त क्रियाकलापहरू उत्कृष्ट विद्यार्थीहरूलाई विद्यालयले पुरस्कार वितरण गरेको थियो।

२०४८ सालमा स्थापना भएको विद्यालयमा हाल नर्सरी कक्षा देखि १० सम्म पठनपाठन भइरहेको साथै स्थापनाकाल देखि विद्यार्थीको संख्या मात्र नभएर गुणस्तरीय शिक्षामा जोड दिँदै आइरहेको छ । हाल विद्यालयमा ५ सय २५ जना विद्यार्थीहरू अध्ययनरत रहेका विद्यालयका सह–प्रधानाध्यापक नबिन भट्टले जानकारी दिए ।

वार्षिकोत्सव समारोहमा शिक्षिका मीना थापा र कक्षा १० मा अध्ययनरत विधार्थी रश्मी भट्टले अतिथिहरूलाई स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् भने सह–प्रधानाध्यापक नवीन भट्टले कार्यक्रम सञ्चालन गरेका थिए ।

Loading...