प्रतिभा सामुदायिक पुस्तकालयले १४ औं राष्ट्रिय पुस्तकालय दिवस मनायो

अत्तरिया, १५ भदौ- कैलालीको अत्तरियामा रहेको प्रतिभा सामुदायिक पुस्तकालयले १४ औं राष्ट्रिय पुस्तकालय दिवस मनाएको छ । “सबल समाजको आधार : सार्वजनिक पुस्तकालयको विकास र विस्तार” भन्ने मूल नाराका साथ १४ औं राष्ट्रिय पुस्तकालय दिवस मनाइएको हो ।

Dadeldhura hospital

नेपालमा औपचारिक रूपमा वि.सं. १८६९ भाद्र १५ गते पुस्तकालय सेवा प्रारम्भ भएको दिनलाई ऐतिहासिक उपलब्धिको रूपमा स्मरण गरिन्छ । पुस्तकालयका क्षेत्रमा भएका गतिविधिहरू एवम् पुस्तकालयको आवश्यकता बारे जानकारी गराउने उद्देश्यका साथ नेपालमा वि.सं.२०६५ देखि भाद्र १५ लाई “पुस्तकालय दिवस” को रूपमा मनाउन सुरू गरिएको पाईन्छ । जनतालाई शिक्षित र राष्ट्रलाई समृद्ध बनाउने उद्देश्यले नेपालमा पुस्तकालय दिवस मनाउन थालिएको हो ।

godawari10 Mahila hinsa
Navadurga sun

त्यसैगरी प्रतिभा सामुदायिक पुस्तकालयले जिल्ला प्रशासन कार्यालय धनगढी कैलालीले दिएको निर्देशन अनुसार पुस्तकालयमा ज्यादा भिडभाड नगरी पुस्तकालय कार्य समिति र सल्लाहकार समितिका सदस्यज्यूहरुले विविध विधाका पुस्तकहरुमा र सरस्वती माताको फोटोमा धूप, दीप, चन्दन, फूल अक्षताले पूजा गरि पुस्तकालय दिवस मनाएका छन् ।

Loading...