कैलालीबाट अवैध सामान बरामद

धनगढी । कैलालीबाट प्रहरीले अढाई लाखको अवैध सामान बरामद गरेको छ । सोमबार धनगढी, भजनी र टीकापुरबाट प्रहरीले २ लाख ५७ हजार ४ सयको अवैध सामान बरामद गरेको हो ।

Dadeldhura hospital

धनगढी उपमहानगरपालिका –१९ लल्लिपुरघाट, धनगढी उपमहानगरपालिका –९ बङ्ग्राकटान, टीकापुर नगरपालिका –८ झुगा, भजनी नगरपालिका –७ हिम्मतपुरबाट अवैध रूपमा भारतबाट भन्सार छली ल्याएका सामान बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

Navadurga sun
Godawari sandesh

जसअन्तर्गत सुर्ती, बिडी, गुट्खा, प्लास्टिकको डोरी, पापड, मोबाइल, चुरा, नेलकटर, बिन्दिया, काटा लगायतका सामानहरू बरामद गरिएका छन् ।

Loading...